गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ

 माघ १३, २०७९ शुक्रबार १२:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

अस्ति बुधवारको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा दुवैतर्फका वकिलको बहस सकिएपछि आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको माग गर्दै लामिछाने विरुद्ध रिट दायर गरेका थिए ।

लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गएको मंसिर २८ गते रिट परेको थियो । तर पुस ६ गतेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया