कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनुहुनेछ ।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर उहाँको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।
नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्नुहुनेछ । साथै भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो भ्रमणबारे जानकारी दिनुहुने पनि दूतावासले जनाएको छ । नुल्यान्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । झन्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी अनुदान नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो । लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित भएको थियो ।
झन्डै साढे तीन दशकको कुटनीतिक अनुभव भएकी नुल्यान्ड अमेरिकाका तीन जना राष्ट्रपति जो बाइडेन, बाराक ओबामा र जर्ज डब्ल्यू बुससँग निकट रहेर काम गर्नुभएको छ । उपविदेशमन्त्री नुल्यान्डले नेपालसहित भारत, श्रीलङ्का र कतारको भ्रमण गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।