पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गयो

 माघ १५, २०७९ आइतबार १३:४५:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेका विवरण प्राप्त भएको र बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ ।

दुर्घटनामा परेकाे यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया