अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाण्डाैमा

 माघ १५, २०७९ आइतबार १९:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटा

काठमाण्डाै – अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाण्डौ आइपुग्नुभएको छ । उपमन्त्री नुल्यान्ड केहीबेरअघि काठमाण्डाै आउनुभएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ ।

नुल्यान्डले भाेलि साेमवार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपमन्त्री नुल्यान्डले आफ्नो दुई दिने भ्रमणमा नेपालको सरकारसँग अमेरिकी साझेदारीको वृहत् एजेन्डामा छलफल गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ ।

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसक्नुभएकी नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ । गएको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीन दिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया