सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमा पहिचान

 माघ २२, २०७९ आइतबार ९:१९:४२ | एजेन्सी
unn.prixa.net

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ । सन् २०२१ र २२ मा गरिएको खोजका आधारमा खगोलविद्हरुले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका हुन् । योसँगै बृहस्पतिमा अब ९२ वटा चन्द्रमा भएका छन् । यसअघि शनि ग्रहमा सबैभन्दा धेरै ८३ वटा चन्द्रमा भएको पुष्टि भएको थियो ।

इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टर (एमपीसी) ले सञ्चालन गर्ने स्मिथसोनियन एस्ट्रोफिजिकल अब्जर्भेटरीले यी १२ वटा चन्द्रमा पत्ता लगाएको हो । थपिएका चन्द्रमासहित बृहस्पतिमा यसअघि पहिचान भएकामध्ये १५ प्रतिशतले वृद्धि भएको अमेरिकन एस्ट्रोनाेमिकल सोसाइटीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

पत्ता लागेका नयाँ उपग्रहको आकार ० दशमलव ६ माइलदेखि २ माइलसम्म रहेका छन् । आउँदो अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान समेत प्रक्षेपण गर्दैछ । त्यस्तै अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आउँदो वर्ष अर्को यान प्रक्षेपणको तयारी गरेको छ ।

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी नै छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया