कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।
आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमवार दिउँसो १२ बजे उपाध्यक्ष चयनको मिति तय गर्नुभएको थियो ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ । उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी छ । राष्ट्रिय सभामा उहाँ मधेस प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।
सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । ५९ सदस्यीय राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेबारे निर्णय गरिसकेका छैनन् ।
हिजो यसबारे छलफल भएको र आज बिहान थप छलफलको तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदका लागि माघ २५ गते उपचुनाव हुँदैछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।