ओलीले खरको छानो हटाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित गरे : मेटमणि चौधरी

 माघ २२, २०७९ आइतबार १६:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाउनुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चाैधरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भए पनि ती सबै कार्यक्रम झापाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ (ओली) ले बडो ठूलो आवाजमा बोल्नुभएको छ । जनता आवास कार्यक्रमार्फत खरको छाना हटाएर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यस बेला झन्डै २० हजार घरमा खरको छानो विस्थापित गरेका थियौँ । तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो ।’

सांसद चाैधरीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया