कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेका सांसद रघुजी पन्तले विशिष्ट व्यक्तिहरूको सवारी नागरिकलाई अप्ठेराे नपर्ने गरी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । विशिष्ट व्यक्तिको सवारी लोकतन्त्र अनुकूल नभएको उहाँको भनाइ छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद पन्तले सवारीलाई खुकुलो बनाउन सुरक्षा संयन्त्रले नचाहेको भन्दै यस समस्याको सामाधान राजनीतिक नेतृत्वबाटै खोज्नुपर्ने बताउनुभयो । राष्ट्रपतिको सवारीका क्रममा सुरक्षा प्रबन्ध गर्ने जिम्मा सरकारको भए पनि अनाहकमा राष्ट्रपतिले गाली खानुपरेको उहाँले बताउनुभयो । सांसद पन्तले यस विषयमा गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘दोष राष्ट्रपतिको होइन । योभन्दा अगाडि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको पालामा पनि यसरी पटक–पटक आलोचना भयो र उहाँले पनि विभिन्न कार्यक्रममा जाँदाको प्रक्रियालाई सरल बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । अहिलेको राष्ट्रपतिको योभन्दा अगाडि पनि टिप्पणी भयो, उहाँले पनि यसलाई सरल र सहज बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । तर अस्ति म आफैँ पनि एक घण्टा जाममा परेँ । एम्बुलेन्स पनि जाममा पर्याे । सवारी चलाउने मापदण्डलाई लोकतन्त्र अनुकूल खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त बनाउने बारेमा पटक–पटक चर्चा चल्दा, आवाज उठ्दा पनि सरकारले ध्यान दिएको छैन । सरकारले यस सम्बन्धमा उपयुक्त पाइला नचाल्ने तर राष्ट्रपतिजस्तो गरिमामय संस्थाले यसबारेमा आलोचना भोग्नुपर्ने स्थिति आफैँमा सुखद होइन । किनभने मेरो सवारी कसरी चलाउने भनेर राष्ट्रपतिको भूमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मा त सरकारको सुरक्षा संयन्त्रले गर्छ । यो प्रश्नको समाधान राजनीतिक नेतृत्वबाट हुनुपर्छ । प्रधानमन्त्रीको तहबाट हुनुपर्छ । यो विषयलाई गम्भीरतापूर्वक लिऔँ । सरकारले नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने ? राष्ट्रपति संस्था किन विवादमा पर्ने ? सवारीलाई सहज, सजिलो र नागरिकलाई अप्ठेराे नपर्ने गरी कसरी व्यवस्था गर्ने हो सरकारको दायित्व हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।