‘छक्का पञ्जा –३’ ले कमायो २ दिनमा २ करोड

 असोज २६, २०७५ शुक्रबार १५:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘छक्का पञ्जा –३’ ले रिलिज भएको दिन बम्पर ओपनिङ गर्न सफल भयो  । यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छक्का पञ्जा –३’ ले धेरै दर्शकको माया पाइरहेको छ । चलचित्र घटस्थापनाका दिनदेखि प्रदर्शनमा आएको छ ।

चलचित्रले रिलिजको पहिलो दिनमा नै १ करोड ३० लाखको ग्रस कलेक्सन गर्न सफल भएको बताइएको छ । बुधबारबाट नै देशैभरका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको गरिरहेको बताइएको छ ।

रिलिजको दोश्रो दिन बिहीबार पनि चलचित्रको व्यापार सोचेअनुरुप नै भएको बताइएको छ । दोश्रो दिन चलचित्रले ८० लाखमाथिको व्यापार गरेको चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए । दुई दिनको व्यापारलाई हेर्ने हो भने चलचित्रले झण्डै २ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।

आमा सरस्वती मुभिज प्रालिको ब्यानरमा निर्माण भएका यसअघिका चलचित्रहरुलाई सन्देशविहीन भएको आरोप लाग्ने गरेको थियो । तर यस पटक भने चलचित्रमा मनोरञ्जनसँगै गतिलो विषयवस्तुको समेत उठान गरिएको छ । यसपटक उठान गरिएको विषयवस्तुलाई दर्शकले रुचाएका छन् । चलचित्रले सरकारी विद्यालयले शिक्षामा गरिरहेको लापर्वाहीलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । 

शुक्रबार पनि उपत्यकाका अधिकांश मल्टिप्लेक्स हलहरु हाउसफुल रहेको बताइएको छ । आजको तुलनामा शनिबारका लागि आक्रामक रुपमा चलचित्रको अग्रिम टिकट बुकिङ भइरहेको निर्देशक दीपाश्री निरौलाले बताइन् । 

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, लक्ष्मी गिरी, निर शाहलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा प्रियंका कार्की, सन्जोग कोइराला, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारहरुको समेत विशेष भूमिका रहेको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया