सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
चीनका एक जना प्रख्यात अर्बपति बैंकर हराएका उहाँको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको कम्पनीले जानकारी दिएको बीबीसीले जनाएको छ ।
बाओ चीनका एक प्रख्यात डिल ब्रोकर हुनुहुन्छ । उहाँका ग्राहकहरूमा डिडी र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू रहेका छन् । कम्पनीले बाओ फानलाई सम्पर्क गर्न असफल भएको बताएसँगै आज शुक्रवार यस कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।
विगतमा सरकारी स्वामित्वको आईसीबीसी बैंकमा गरेको कामसँग जोडेर यस कम्पनीका अध्यक्ष कोङ लिनलाई गएको सेप्टेम्बरमा सरकारी निकायहरूले पक्राउ गरेका थिए । कम्युनिस्ट पार्टीसँग फरक मत राखेको आरोपमा पछिल्ला केही वर्षहरूमा कम्तीमा छ जना अर्बपति सम्पर्कमा नरहेका र त्यो क्रममा चीनका प्रमुख प्रविधि कम्पनीका लगानीकर्ताहरूमध्ये एक बाओ पनि थपिनुभएको फोर्ब्स म्यागजिनले जनाएको छ ।
यसअघि सन् २०२० मा नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि अलिबाबाका संस्थापक ज्याक मा तीन महिना हराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।