मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेकाे एकीकृत समाजवादीकाे बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बैठकमा देशमाे पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय गरेकाे छ । सरकारमा जाने विषयमा सकारात्मक छौँ । त्यसमा जाने बेलामा हामी छलफल गर्छाैँ ।’
राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।