खिम्ती दुई जलविद्युत आयोजनाको सुरुङ निमार्णको काम अन्तिम चरणमा
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – प्रदेश १ प्रदेश सभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । आज बुधवार दिउँसोदेखि सुरु भएको बैठकमा नामकरणमाथिको छलफल सकिएको हो ।
प्रदेश सभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएपछि त्यही नाममाथि छलफल भएको हो ।
समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा उहाँले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भन्नुभएको थियो । किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । प्रदेश सभा बैठकमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा नाम राख्न नसक्ने भएपछि प्रदेशको नामकरणमा बाधक नबनेको बताउनुभयो । यस्तै नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य भूपेन्द्र राई र नेकपा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने दाबी गर्नुभयो । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ त्यस प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिनुभएको छ ।
छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिनुभएको छ । अब सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेश सभा सचिवालयले मत विभाजनका लागि आवश्यक तयारी गरेको छ । कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले त्याे प्रस्ताव पारित हुने देखिएको छ । त्यस प्रस्तावको विपक्षमा चार जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जनामात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् ।
प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एसका चार र जसपाका एक जना सांसद छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।