रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

 फागुन १८, २०७९ बिहीबार १६:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आठ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित निश्चित भएको दाबी गर्नुभएको छ । 

बिहीवार काठमाण्डाैमा भएको आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाैडेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गर्नुभयो । उहाँले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेषगरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरू र प्रदेशका सांसदहरूलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताउन सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । मतका हिसाबले उहाँले चुनाव जित्ने निश्चित छ ।’

उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा आफू विश्वस्त रहेको सांसद पाैडेलले बताउनुभयो । उहाँले राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया