सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
विश्वका ठूला अर्थतन्त्रहरूको समूह जी–२० सदस्य देशका विदेश मन्त्रीस्तरीय बैठक भारतमा सुरु भएको छ ।
बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य देश एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको भूराजनीतिक तनाव समाधान गर्न एकताबद्ध हुन अपिल गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताउनुभयो ।
विश्वव्यापी विभाजनको समयमा भएको विदेश मन्त्रीहरूको बैठक भूराजनीतिक तनावबाट प्रभावित हुनु सामान्य भए पनि यो तनाव कसरी समाधान गर्ने भन्नेबारेमा आफूहरूबीच पृथक अडान र दृष्टिकोण भए पनि एकताबद्ध भएर त्यसलाई अन्त्य गर्नेतर्फ लाग्नु उचित हुने मोदीले बताउनुभयो ।
उहाँले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गर्नुभयो । यस आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो ।
बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवर्धनमा जोड दिनुभयो । उहाँले खाद्य र ऊर्जा सुरक्षा चिन्ताकाे विषय भएकाे बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गर्नुभयो । विश्व अर्थतन्त्रका लागि ती महत्त्वपूर्ण विषय भएकाले त्यहीअनुसार व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।