जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनमा रुस–युक्रेन युद्धको असर : संयुक्त वक्तव्य नै आएन

 फागुन २०, २०७९ शनिबार १८:४६:४३ | एजेन्सी
unn.prixa.net

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनका मुख्य मुद्धा रुस–युक्रेन युद्धको कारण छायामा परेका छन् ।

रुस–युक्रेन मुद्दामा भएको विमतीका कारण दुईदिने सम्मेलनपछि संयुक्त वक्तव्य समेत निस्कन सकेन । सम्मेलनपछि प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकपछि संयुक्त वक्तव्य आउन नसक्नुमा रुस–युक्रेन युद्धबारे जी–२० देशबीच फरक–फरक धारणा रहेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतसहित १७ देशले युक्रेनको मुद्धामा एउटा धारणा राखे पनि चीन र रुसले त्यसलाई नमान्दा संयुक्त वक्तव्य आउन नसकेको उहाँको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयले पनि युक्रेन मुद्दाले नै संयुक्त वक्तव्य आउन नसकेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

जी–२० देशमा विश्वको ८५ प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन हुन्छ भने ७५ प्रतिशत विश्वव्यापी व्यापार हुने तथ्यांक छ । यी देशहरुमा विश्वका दुई तिहाइ जनसंख्या बसोबास गर्छन् । अन्तर्राष्ट्रिय आर्थिक मुद्दामा विश्वव्यापी सहकार्य गर्ने लक्ष्य रहेको संगठनको दिल्ली सम्मेलनमा रुस–युक्रेन युद्धमै बढी केन्द्रित रहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

'एउटा पृथ्वी, एउटा परिवार र एउटै भविष्य' नाराका साथ जी–२० सम्मेलनका बैठकहरू गरिरहेको भारतले अस्ति र हिजो जी–२० परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन गरेको हो । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया