मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव भएको बताउनुभएको छ ।
आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको हो । उहाँले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने दाबी गर्नुभयाे । उहाँले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाए पनि पछाडि फर्कने कुराले अगाडि जान सकिँदैन । त्यस कारण अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडि जानको निम्ति । अगाडि बढ्नको निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले केही साथीहरू नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ । यस्तै हुन्छ नयाँ जनवादभित्र ? यस्तो हुँदैन । अहिले फेरि २०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन ।’
संयोजक बाँस्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।