नेपालकाे १ सय ५० रन पूरा, भीम सार्कीकाे पहिलाे अर्धशतक

 फागुन २२, २०७९ सोमबार १४:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले १ सय ५० रन पूरा गरेकाे छ । 

नेपालले ३८ ओभर १ बलमा १ सय ५० रन पूरा गरेकाे हाे । नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटाैँ रनकाे साझेदारी गरेका थिए । नेपालले १ सय २४ रन बनाउँदा ६ विकेट गुमाएकाे अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए । अहिले क्रिजमा भीम (५४ रन) र आरिफ शेख (१९ रन) छन् । याे समाचार तयार पार्दासम्म नेपालले ४० ‌ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएकाे छ । 

याे खेलमा मध्य क्रमका ब्याटर भीम सार्कीले पहिलाे बनाएका छन् । एकदिवसीयमा उनकाे याे पहिलाे अर्धशतक हाे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया