एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
ताप्लेजुङ - कोशी प्रदेश नामकरणकाे विरोधमा ताप्लेजुङसहित प्रदेशका सबै जिल्लामा हडताल गरिएकाे छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न दश वटा पार्टी तथा सङ्घ संस्थाहरुले प्रदेश नामकरणको विराेध गर्दै आज हडताल गरेका हुन् ।
जातीय पहिचान अनुसार प्रदेशकाे नामकरण गरिनु पर्नेमा काेशी नामकरण गरिएकाे भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित उनीहरुले बन्दको आह्वान गरेका हुन् ।
किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, किराँत सुनुवार सेवा समाज, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान मुक्ति मोर्चा, लिम्बूवान क्रान्तिकारी पार्टी र याक्थुम चुम्लुङ मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दकाे आह्वान गरेका हुन् ।
बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापा, मोरङ, सुनसरी लगायतका प्रदेशका सबै जिल्लाका नागरिक प्रभावित भएका छन् । ताप्लेजुङमा मोटरसाइकल समेत चलाउन दिइएकाे छैन भने बजार बन्द गरिएकाे छ।
आन्दाेलनरत पार्टी तथा सङ्घ संस्थाहरुले हिजाे बेलुकी पनि मसाल जुलुससहित प्रदर्शन गरेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।