नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।
गएको २५ गते बिहीवार भएको राष्ट्रपति चुनावमा पौडेलले ३३ हजार आठ सय दुई मतभार ल्याएर राष्ट्रपति बन्नुभएको हो । आजदेखि नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नुहुनेछ ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ ।
शपथ ग्रहणकाे अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण
गरेको छ । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले बिदायका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।