पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतवार आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताउनु भयो । उहाँले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताउनु भयो ।
प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनु भएकाे छ।
प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको बताउनु भयाे । उहाँले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताउनु भयो ।
प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।