पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्री आफैँले संसदमा प्रस्तुत गर्नका लागि रुलिङ माग गरेकाे छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रोस्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गर्नुभयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसद्को गरिमालाई अवहेलना गर्नु रहेको बताउनुभयो । उहाँले सरकारले संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यसबारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो संसदको गरिमा त्यस बेलासम्म रहन्छ जब सरकार जन्माउने यो संसद्लाई प्रधानमन्त्रीले, सरकारले महत्त्व दिन्छ । यो संसदभित्र विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयकलाई अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य के हो ? यो भनेको संसद्को गरिमालाई अवहेलना गर्नु हो । संसदमा उठेका कुराहरूको सरकारबाट रेस्पोन्स खाेइ ? यत्रो दिन भइसक्यो संसद् चलेको । सभामुख महोदयले प्रधानमन्त्रीलाई यी सबै कुराको उत्तर दिन र यो विधेयक प्रधानमन्त्रीलाई नै प्रस्तुत गर्न लगाउन रुलिङ होस् ।’
त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताउनुभयो । सांसद भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौती पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।