नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको बर्दिवासदेखि काठमाण्डौसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएकाे उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको निर्देशन अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गर्नु भएको छ । उहाँले सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध मुद्दासमेत चलाइरहेको भन्दै घर फर्किन आग्रह गर्नुभयो । उहाँले घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने अडान लिएका छन् । प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको दाबी गर्नुभयो ।
सरकारले ३ सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको उहाँको दाबी छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा कानुनलाई प्रस्तावको रुपमा ल्याउन भनिएको र चाँडै नै कानुन संसदमा दर्ता हुने उहाँले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।