अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
संयुक्त राष्ट्रसंघका उच्च मानव अधिकारकर्मीहरूले ऐतिहासिक शिखर वार्तापूर्व उत्तर कोरियामा एकतर्फी रूपमा बन्दी बनाई राखिएकाहरूलाई ‘आम माफी’ दिने प्रक्रिया थाल्न विहीबार प्योङयाङलाई भनेका छन् ।
उत्तर कोरियाले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा हुने शिखर वार्तापहिले नै थुनामुक्त गर्ने आवश्यक प्रक्रियालाई अघि बढाउन उत्तर कोरियाका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टमस ओजेआ क्विन्टानाले आग्रह गरेका हुन् ।
जेनेभामा सञ्चारकर्मीसँग बोल्दै उनले भने ‘उत्तर कोरियामा अहिले विधिको शासन छैन अर्थात् उपयुक्त कानुनी प्रक्रिया छैन । कैदीहरूको रिहाई एउटा प्रक्रियाबाट गर्नुपर्छ ।’
उत्तर कोरियामा झण्डै एक लाख २० हजार राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएको भन्ने अनुमान छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगले सन् २०१४ मा सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियामा विश्वका अन्य कुनै मुलुकका घटनाहरूसँग तुलना गर्न नसकिने हदसम्म मानव अधिकार उल्लङ्घनका घटना हुने गरेका निष्कर्ष निकालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।