पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा नियमावली आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै माफी माग्नुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी माग्नुभएको हो ।
एमाले सचेतक बर्तौलाले सत्तारूढ दलकै सांसदले प्रतिनिधि सभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै भन्नुभयो, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक–पटक मर्यादा विपरीत काम भइरहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक–पटक यो संसद्को गरिमा र महत्त्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्तापक्षका माननीयज्यूहरूबाट यस प्रकारको काम भइरहेको छ । यो विषयमा सभामुखको ध्यानाकर्षण होस् ।’
त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराउनुभएको थियो । यही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भन्नुभयो, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भएअनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लङ्घन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।