सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसका सांसदले संसदमा कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेपछि दुवै सदनको बैठक स्थगित भएको छ ।
कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजी प्रकरणलाई लिएर कांग्रेससहित १७ वटा प्रतिपक्षी दलका सांसदहरू कालो पोसाकसहित सदनमा उपस्थित भएर सरकारको विरोध गरेका बीबीसी हिन्दीले जनाएको छ । उनीहरूले भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको बताएका छन् । बिहान ११ बजे राज्यसभा तथा लोकसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका थिए ।
कांग्रेस अध्यक्ष मल्लिकार्जुनले प्रधानमन्त्री मोदीले भारतमा लोकतन्त्र सिध्याउन लागेको कुरा उजागर गर्न प्रतिपक्षले कालो वस्त्र धारण गरेको बताउनुभयो । भारतीय राष्ट्रिय कांग्रेसले सुरु गरेको ब्ल्याक प्रोटेस्टमा तृणमुल कांग्रेसले पनि सहभागिता जनाएको छ । भारतीय कांग्रेसले अहिले देशभर ब्ल्याक प्रोटेस्टको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।