चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक

 चैत १३, २०७९ सोमबार १८:४९:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको छ । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिनुभएका मा हाङ्जाउको विद्यालयमा देखा पर्नुभएको हो ।

चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्कनुभएको साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँ एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहनुभएको चाइना मर्निङ पोस्टले जनाएको छ ।

चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक मा सबैभन्दा उच्च प्रोफाइल अर्बपति हुनुहुन्थ्यो । ज्याक मा लामो समय सार्वजनिक हुन नसक्नुको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया