भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर, कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको गठबन्धनका नेताहरुले बताएका छन् ।
हिजो बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ । जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि तीन मन्त्रालय सुरक्षित राखेको छ ।
यस्तै, आज मन्त्रिपरिषद् विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने सत्ता गठबन्धनको तयारी छ । साझा कार्यक्रमको मस्यौदामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, देशको स्वाधीनता र राष्ट्रिय हितको संवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार, नागरिकतालगायत अत्यावश्यक ऐन निर्माणका मुद्दा समेटिएका छन् ।
यसैबीच, आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।