रविको वास्तविकता चितवनवासीले बुझिसके, मङ्सिरको उल्टो परिणाम आउँछ : नेता श्रेष्ठ

 चैत १६, २०७९ बिहीबार १३:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफूले जित्ने दाबी गर्नुभएको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरूसँगको कुराकानीमा उहाँले मङ्सिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गर्नुभयो । उहाँले मङ्सिरमा त्यस निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फन्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मङ्सिरको चुनावमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले नागरिककाे बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भन्ने स्थितिमा गएका छन् । कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउन नपर्ने, के कारणले हो भन्ने कुरा नागरिकलाई भन्न नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । अब मङ्सिरको उल्टो परिणाम आउनेछ ।’

नेता श्रेष्ठले चितवनका नागरिक शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको जिकिर गर्नुभयाे ।

तस्बिर : सामाजिक सञ्जाल

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया