इटालीले च्याट जिपिटीमाथि प्रतिबन्ध लगायो, डाटासँग जोडिएको आशंका

 चैत १८, २०७९ शनिबार ११:३४:५० | एजेन्सी
unn.prixa.net

इटालीले एआई च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ । च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो ।

इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ । च्याट जिपिटीलगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभावबारेमा बहस शुरु भएको छ ।

केही दिन अघि मात्रै अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका थिए । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ । (एआई) अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता सात प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया