हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

 चैत २६, २०७९ आइतबार २०:३५:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरान समर्थित हुथी लडाकु समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा पुगेको छ । सन् २०२२ को अक्टोबरमा समाप्त भएको युद्धविराम सम्झौता नवीकरण गर्नेबारे छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमान पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टोलीले ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्नेछ । यमन र साउदी अरब दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्र सङ्घको शान्ति प्रयाससँग समन्वय गरी युद्धविरामका लागि सक्रिय रूपमा लागिपरेको छ । साउदी अरब र इरानबीच तनाव कम गर्न र कुटनीतिक सम्बन्ध पुनः स्थापित गर्न चिनियाँ प्रयासहरूपछि यमनमा युद्ध अन्त्यका लागि प्रयासहरू बढेका छन् ।

यमनमा सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकु समूहले साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निस्कन बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो । यस युद्धले दशौँ हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्‍याएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया