भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या कटौती गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै देवकाेटाले दुई सय ७५ जनाको प्रतिनिधि सभालाई एक सय ६५ र पाँच सय ५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने बताउनुभएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको सङ्ख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधारमात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’
सांसद देवकोटाले काठमाण्डाैमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।