भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने दाबी गर्नुभएकाे छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो । उहाँले मन्त्रीका छोराहरूले विभिन्न घटना घटाइरहेका भन्दै उनीहरूलाई कानुनी कठघरामा लानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईँहरू सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहन्छु । सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरूले विभिन्न घटनाहरू घटाइरहेका छन् । सरकारले उनीहरू सबैलाई कानुनी कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’
सांसद जबराले जिल्लाहरूमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । मल कारखाना स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै उहाँले यसबारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।
सांसद जबराले एक दिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।