पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्याउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफू र आफ्नो पार्टीलाई बदनाम गराउने षड्यन्त्रअनुसार आवाज सम्पादन गरेर अफवाह फैलाइएको आरोप लगाउनुभयो । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट 'क्लिन चिट' लिएर फेरि राजनीतिमा सक्रिय हुने बताउनुभयो ।
उहाँले पार्टीलाई उपचुनावमा हराउन आफ्नाे अडियाे सार्वजनिक गरिएकाे पनि बताउनुभयाे । उहाँले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपचुनाव र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँ–कहाँबाट कुराहरू जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरू गरेर क्लिन चिट गरेर तपाईँहरूसँग आउनेछु । मेरो कारणले पार्टी र उपचुनावलाई अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रूपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’
आफूमाथिको षड्यन्त्रकाे विरुद्धमा न्यायालयमा जाने प्रक्रिया सुरु भइसकेको ढाकाकुमार श्रेष्ठको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।