भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रवार काठमाण्डाैकाे आलोकनगरमा रहेकाे केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले याे निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापीरूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापीरूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।
बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उहाँको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो । न्याैपानेले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले त्याे विषयमा छलफल हुन नसकेको उहाँकाे भनाइ छ ।
नेकपा एक पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरू नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसर पारेर नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।