वर्षाका कारण 'ए' डिभिजन लिगका खेल स्थगित

 वैशाख १६, २०८० शनिबार १९:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  वर्षाका कारण शहीद स्मारक 'ए' डिभिजन लिगका खेल प्रभावित भएका छन् । 

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भएकाे हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि वर्षाका कारण स्थगित भएको हो ।

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत्  गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७२औँ मिनेटपछि वर्षा भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच आइतवार भाेलि खेल हुनेछ । आइतवार ७२ मिनेटपछिकाे खेल दशरथ रङ्गशालामा दिउँसो ४ बजेर ३० मिनेटदेखि हुनेछ ।

लिग अन्तर्गत आज भएकाे सङ्कटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटपछि रोकिएको जावलाखेल र संकटाको खेल भाेलि दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ ।

यस्तै दशरथ रङ्गशालामा हुने भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल भाेलि नै एन्फा कम्प्लेक्समा ३ बजेर ३० मिनेटदेखि सुरु हुनेछ । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया