दार्चुला : गर्मी बढेसँगै व्यासी सौका समुदाय कुञ्चा सर्ने तयारीमा

 वैशाख १६, २०८० शनिबार २०:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला - दार्चुलाको व्यास गाउँपालिकामा मात्रै बसोबास रहेको व्यासी सौका समुदाय जिल्ला सदरमुकाम क्षेत्रमा गर्मी बढेपछि आइतवारदेखि कुञ्चा सर्ने तयारीमा रहेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने व्यासी सौका समुदाय भारतको बाटो भएर कुञ्चा सर्ने तयारीमा रहेका व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिनु भएको छ ।

आइतवार भाेलि छाङरु र तिङ्करका गरी करिब ७० परिवार कुञ्चा सर्ने तयारीमा रहेका उहाँले बताउनु भयो । उनीहरु भोलि सदरमुकामबाट आफ्ना पशुचौपायासहित तिङ्कर जाने तयारीमा रहेका बताइएको छ ।भारतीय प्रशासनको अनुमति लिएर तिङ्करवासीले आइतवार कुञ्चा सर्ने तयारी गरेका हुन् । 

खलंगाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी चौथो दिन छाङरु तिङ्कर पुगिन्छ । व्यासी सौका समुदाय गएकाे मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए ।

तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने बताइएको छ । व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने छन्।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया