तनहुँमा निर्माणाधीन सडकको काम सुस्त भएपछि गति बढाउन निर्देशन
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ । भारतको नेपाली दूतावासले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएकाले आज डिस्चार्जको सम्भावना रहेको जनाएको छ ।
पौडेलको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ । पेट र छातीमा समस्या देखिएपछि पौडेललाई यही वैशाख ६ गते दिल्ली लगिएको हो ।
यसैबीच, भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कँदै हुनुहुन्छ । गएको फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते हुनुभएका भण्डारीलाई ४ गते एअर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टरमा लगिएको थियो ।
स्वास्थ्य उपचारपछि भण्डारी आज दिउँदो स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ नेपाल वायुसेवा निगमको विमानमार्फत् दिउँसो २ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।