तनहुँमा निर्माणाधीन सडकको काम सुस्त भएपछि गति बढाउन निर्देशन
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ।
पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसङ्घले यस्ता क्रियाकलापमा संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो।
संगठित रुपमा नै केही व्यक्ति, संस्था र समूहले बैंक तथा वित्तीय संस्थाको गरिमा र प्रतिष्ठामा नै आँच पुर्याएको गतिविधि गरिरहेको परिसङ्घले जनाएकोे छ ।
यस्ता क्रियाकलाप रोक्नको लागि सहजीकरण गरिदिन पनि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।