तनहुँमा निर्माणाधीन सडकको काम सुस्त भएपछि गति बढाउन निर्देशन
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नाै दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ ।
उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ । आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरेले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र श्वेतगङ्गा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।