देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बाग्मती करिडोर सडककाे सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ ।
काठमाण्डाैको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने करिडोरकाे सुरु बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म ट्राक खाेल्न बाँकी रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यो खण्डको लम्बाई झण्डै आठ किलाेमिटर छ । नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताउनुभयो ।
त्यस ठाउँमा जग्गा प्राप्तीका काठमाण्डाै उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ।' गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ । गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ । तिलगङ्गाबाट जाँदा गाडि चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताउनुभयो ।
सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ । गोठाटार पुलबाट गुह्येश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन । नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ । करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न ठाउँमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ ।
बाग्मती करिडोर निर्माणको कार्यक्षेत्र काठमाण्डाैको बागद्वारबाट कटुवाल दहसम्म छ । यसको लम्बाई जम्मा ४४ किलाेमिटर रहेको छ । अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उहाँले बताउनुभयो । खासगरी काठमाण्डाै उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरु गरिएको थियो।
बागद्वारबाट कटुवाल दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताउनुभयो । यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उहाँको भनाइ छ । काठमाण्डाै उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ । कतै समिति त कतै काठमाण्डाै उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।