चितवन महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीकाे ७० लाख ५० हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।