स्पेनमा पनि छक्का पञ्जा ३

 कात्तिक ८, २०७५ बिहीबार १३:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनको सुरुवातबाट अहिलेसम्म पनि सफल प्रर्दशन गरिरहेको चलचित्र हो । अहिले पनि नेपालका सबै जसो हलहरुमा चलचित्र चलिरहेको छ । नेपालमा चलचित्रले सफल व्यापार गरिरहँदा अब भने चलचित्रको अन्तर्राष्ट्रिय शोहरु पनि सुरु हुने भएको छ । यसको सुरुवात स्पेनबाट हुनलागेको बताइएको छ  ।

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुको मार्केट फस्टाउँदै गएको छ । फस्टाउँदै गएका अन्तर्राष्ट्रिय मार्केटहरु मध्येको एक स्पेन पनि हो । स्पेनमा एकपछि अर्को गर्दै हरेक महिना जसो नेपाली चलचित्र प्रदर्शन भइरहेको छ  । चलचित्र ‘छक्का पञ्जा ३’लाई स्पेनमा सारा इभेन्ट इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । चलचित्र स्पेनका चार शहरमा प्रर्दशन हुने बताइएको छ ।

सारा इभेन्ट इन्टरटेन्मेन्टलका मेघनाथ ढकालका अनुसार चलचित्र स्पेनको राजधानी मड्रीड, बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरी चार शहरमा प्रदर्शन हुने पक्का भइसकेको बताइएको छ । नोभेम्बर ५ मा बेनिड्रोम र नोभेम्बर ११ मा मड्रीडमा चलचित्र प्रदर्शन हुँदै छ ।

अन्य दुईशहरहरु बार्सिलोना र विल्वाओमा भने प्रदर्शन मिति तय हुन बाँकी नै रहेको बताइएको छ । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया