यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – विश्व वातावरण तथा साइकल दिवसको अवसरमा आज बिहान काठमाण्डौमा सामूहिकरुपमा साइकल र्याली गरिएको छ ।
आज परेकाे विश्व साइकल दिवस तथा पर्सि (जुन ५) पर्ने विश्व वातावरण दिवसकाे संयुक्त अवसरमा काठमाण्डाै सहरलाई साइकलमैत्री बनाउन दबाब दिनकाे लागि साइकल यात्रा गरिएकाे हाे ।
विभिन्न १२ संघसंस्थाको आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल–पुल्चोक–थापाथली हुँदै तीनकुने–शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा पुगेर टुंगिएको थियो । साइकल संस्कृति अभियान सञ्जालले र्यालीकाे आयाेजना गरेकाे हाे ।
यस्तै ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घरसंस्थाले प्रभातफेरी गरेका छन् । प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।