पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी

 मंसिर १७, २०८१ सोमबार १८:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ ।

दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र ३२ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जङ्गबहादुर शाही र मोरङको ग्रामथानमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।

पछिल्लो नतिजाअनुसार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीकी नरपुरा बुढा हुनुभएको छ । यसअघि पनि यहाँ माओवादी विजयी भएको थियो ।

यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । गएको चुनावमा यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादीले ६, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।

रुकुमको पुथा उत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए । अब एक मेयर, दुई उपाध्यक्ष र एउटा वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया