आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल २०७९ को उपविजेता बनेको छ ।
आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले हराउँदै उपविजेता बनेको हो । मच्छिन्द्रका हाफिल ओलावालेले २ र विमल घर्तीमगरले १ गोल गरे । हिमालयनका लागि पिस्तोने मुताम्बाले गाेल गरे ।
याे जितसँगै मच्छिन्द्रको ४२ अङ्क भएको छ । हिमालयन शेर्पा ३१ अङ्कसहित तालिकाकाे नवौँ स्थानमा छ ।
आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराएको छ । एनआरटीका लागि दिपेश आलेमगरले गोल गरे । जितसँगै एनआरटी ३३ अङ्कका साथ छैटाैँ स्थानमा उक्लिएको छ र रेलिगेशनमा नपर्ने पक्का भएको छ । ३२ अङ्क भएको मनाङ सातौँ स्थानमा छ ।
अहिले दशरथ रङ्गशालामा सङ्कटा क्लब र फ्रेन्ड्स क्लब खेलिरहेका छन् । सङ्कटा २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा र फ्रेन्ड्स समान खेलमा २६ अङ्कका साथ पुछारमा छ । लिगको अन्तिम खेलअघि नै चर्च ब्वाइज युनाइटेडले उपाधि जितिसकेको छ ।
१४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् । खुमलटार, फेन्ड्स र थ्री स्टार क्लबलाई रेलिगेशनको डर छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।