महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै - सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।
आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतकाे कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न निर्देशन दिएकाे हो ।
बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।
कार्यालयले भदाै मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।