थ्री स्टार क्लब रेलिगेशनबाट जोगिन सफल, एपीएफ 'बी' डिभिजनमा घटुवा

 जेठ २७, २०८० शनिबार १९:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । आज दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार 'बी' डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे ।

आज पराजित भएको भए थ्री स्टार रेलिगेशनमा पर्ने थियो । थ्री स्टार 'ए' डिभिजन लिगमै रहने भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लब भने रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा भएको छ । यो सिजनमा खुमलटार युथ क्लब र एपीएफ क्लब 'बी' डिभिजनमा घटुवा भएका छन् ।

लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितिसकेको छ । चर्च ब्वाइजले 'बी' डिभिजनबाट बढुवा भएको पहिलो वर्ष नै 'ए' डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । लिगमा आज भएको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोलले हरायो । यो सँगै मच्छिन्द्रले ४५ अङ्कसहित दोस्रो स्थानमा रहेर यो सिजनको लिग टुङ्ग्याएको छ ।

मनाङ भने ३२ अङ्कसहित आठौँ स्थानमा रह्यो । आजै च्यासल मैदानमा भएको खेलमा सङ्कटा क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । एनआरटीले ३४ अङ्कसहित छैटाैँ स्थानमा र सङ्कटाले ३२ अङ्कसहित नवौँ स्थानमा रहेर लिगको यात्रा सम्पन्न गरेका छन् । आजदेखि 'ए' डिभिजन लिगको यो सिजनका सबै खेल सकिएका छन् । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया