उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
सोमवार आज २०औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताउनुभएको हो ।
उहाँले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गर्नुभयो । उहाँले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिनु भएकाे छ ।
उहाँले भन्नुभयो – ‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने ?'
उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।