उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
बाग्लुङ – बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको हो ।
जसअन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रूपमा पठाउने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा नियुक्त गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताउनुभयो ।
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा अर्को विद्यालयमा पठाउने गरेको छ । शिक्षण क्रियाकलाप बढाउनुका तथा अनुभव साटासाट गर्ने उद्देश्यले अन्तरविद्यालय सम्बन्ध सम्बन्ध बढाउन यो कार्यक्रम लागू गरिएको हो ।
‘अन्य विद्यालयमा गई पढाउँदा शिक्षक र विद्यार्थी दुवैलाई नयाँ सिकाइ र अनुभव प्राप्त हुन्छ’, पोख्रेलले भन्नुभयो, ‘जुन विद्यालयमा नियुक्त भयो त्यही विद्यालयबाट अवकाश हुने पनि धेरै छन्, आफ्ना सीप र अनुभव वर्षौँसम्म एउटै विद्यालयमार्फत बाँड्ने बाहेक केही हुँदैन, त्यसैले अर्को विद्यालयमा पुगेर आफ्नो ज्ञान सीप र शैली बाँड्दा शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएका छौँ ।’
‘कार्यक्रमअन्तर्गत एक दिन आफ्नो विद्यालयमा आउने अतिथि शिक्षकले अध्यापन गराएको अवलोकन गर्ने र अर्को दिन अतिथि शिक्षक भएर आएको विद्यालयमा आफू अतिथि शिक्षकका रूपमा पढाउन जाने कार्यक्रम हो’, मेयर वसन्तकुमार श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरेको थियो । चालु आर्थिक वर्षमा गणित विषयमा मात्रै अतिथि शिक्षक लागू गरिएको र आउँदो वर्ष सबै विषयमा अतिथि शिक्षक लागू गरिने उहाँको भनाइ छ ।
नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकले अब अन्य विद्यालयमा पुगेर अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगरले बताउनुभयो । कक्षा सञ्चालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ त्यही विषयको शिक्षकले विद्यार्थीसँगै अतिथि शिक्षकको अनुभव सिक्नुपर्नेछ ।
अहिले नगर क्षेत्रभित्रका २४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा सञ्चालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पुर्याएको छ त्यहीँबाट सञ्चालन गर्ने गर्छन् । शिक्षकले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अवलम्बन गरेको असल अभ्यासको बारेमा प्रध्यानध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिनेछन् भने आफूले अध्यापन गरेको पाठको पाठयोजनासहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउनुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।