इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेकाे आराेप प्रमाणित भए राजीनामा दिन तयार रहेकाे बताउनु भएकाे छ ।
आज संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भए पेसा छाडेर जान तयार रहेको बताउनु भएकाे हाे ।
साथै उहाँले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो ।
उहाँले प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनु भयो । आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको कार्कीले बताउनु भयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।